27th August 2026, Thursday

महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरको अध्यक्षमा सुवेदी

8 महिना अगाडी

News by: Khulla Awaj

No active ad available.

Post Image

शारदा तामाङ, भोजपुर

महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। लिला माया तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।


अधिवेशनबाट दिपा सुवेदी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएकी छन्। त्यस्तै उपाध्यक्षमा देवी सुन्दास, सचिवमा संगिता विश्वकर्मा, सह–सचिवमा उषा कार्की, कोषाध्यक्षमा अम्बिका कार्की निर्वाचित भएका छन्।


त्यस्तै सदस्यमा गीता खतिवडा, फूलमाया तामाङ, राधिका उदास र शारदा तामाङ चयन गरिएको नव–निर्वाचित अध्यक्ष दिपा सुवेदीले जानकारी दिएकी छन्।


सञ्जालले सल्लाहकार समितिमा सविना राई, सुशिला तामाङ र मनिका राईलाई चयन गरेको छ।

यस्तै केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि रूपमा लिला माया तामाङको नाम सर्वसम्मत रूपमा छनोट गरिएको छ।

नव–गठित कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ।





मुख्य समाचार

No active ad available.


No active ad available.